म र मेरो एकान्त

म र मेरो एकान्त ।
हामी त दुई घनिष्ट मित्र
ऊ मेरो पीडा बुझ्छ, म उसको अस्तित्व
म उसको महत्व बुझ्छु, ऊ मेरो बाध्यता ।।

बुनेका सपना

तिमी भन्छौ तिम्रा सपना ठूला
त्यो टुक्रियो भने तिम्रो संसार टुक्रिनेछ
म सोच्छु मेरा कल्पना साना
तर पनि त्यसमा सारा संसार समाएकोछ॥

गुनासो

अझै थहा छैन; म के लेख्न खोजीरहेछु?
सायद मेरा भावना हुन् जो म भित्रै गुम्सिसके
या सायद गुनासो;
जो पोखिन खोज्छ तर असमर्थ छ ॥

सायद

त्यसैले त यो संसार फिक्का भएको होला,
जब माया गर्ने आँखामा माया देखिन छाड्छ,
त्यसैले त त्यो रिस जाग्दो होला,
जब आफ्नो भन्न पनि हिचकिच्याउनु पर्छ ॥

घाम र म

तिम्रो लागि खुशी वर्षा सँगै वर्षिन्छ
पानीको तप्-तप् संगीत सँगै
तर म रुदा बादल गर्जन्छ
चट्याङको कोलाहल आवाज सँगै