धमिलो बिहान,
धुम्म आकाश,
लाग्छ आज नै यस धर्तीमा प्रलय आउछ॥
एकातिर रत्तमै ज्वालाको आगो
भनभन भन्किएर ताप भैरहेछ
अर्कातिर बादलको त्यो भयानक मेघाडम्बर,
बर्षा मात्र हैन, आँधी तुफान सब निम्त्याई रहेछ॥
आज फेरि पानी पर्यो
त्यो रातो तातो ज्वालाको रापलाई सेलाउनेगरि
त्यो आगोको भनभनाहटलाई क्षणमै नाश गर्नेगरि॥
दिन भर्,
मेधको जित र राँकोको हार
सर्वस्वको विनाश
तर उजाड त भन्दिन म, उजाड त मात्र एक धारणा
आगोलाई त पानीले सेलाउथिए होला
तर यो झरीलाई के गरी रोकु?
अन्धकार मच्चिरहदा घाम कहाँ खोजु?