धुवाँ

सानै देखी सुन्दै आएको कुरा, धूम्रपान स्वास्थ्यको लागी हानिकारक छ॥

तर आज त्यही धुवाँ विना बाँच्न गारो हुन्छ।
लाग्छ एक सर्को तानूँ त यो संसारलाई जित्ने आँट आँउछ।
लाग्छ अर्को सर्को मा मेरा सारा दुःख हराएर जान्छ।
एक-दुई सर्को अझै तान्दा के नै बिग्रने हो र?

हेर्दा हेर्दै धुवाँमै बित्यो जीवन

किताबका पानाले त के सिकायो होला 
जति यो धुवाँ बिच बसेर सिके?
कहिले सुखका क्षण यही धुवाँको साथ मनलाई शीतल बनाउन सम्झे।
कहिले त्यो कहाली लाग्दा दिन बिर्सन ||

हुँदाहुँदा आज त यो धुवाँ छैन भने सास नै फेरेजस्तो लाग्दैन॥

चाँडै अस्तित्व रहन्न रे यो संसारमा यदि यो धुवाँलाई म नत्यागूँ
सङ्गलो जिउ धुवाँमै परिवर्तन भै जान्छ अरे
तर जहाँ अस्तित्वनै धुवाँमै मिसेको छ,
त्यहाँ त्यागको परिभाषा के? ॥

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s