भन्छन् एक्लोपन डर लाग्दो हुन्छ अरे ।
कालो; कहाली लाग्दो
अँध्यारोले ढाकेर अन्धकार मचि्चएको
सुनसान; मौनता फिजिएको
गहिरो निद्रामा डुबे जस्तै॥
भन्छन् एक्लोपन कसैको मित्र हुन्न अरे ।
शत्रु; अविश्वसनीय
असत्यले भरिएर शंका फैलिएको
दुष्ट; दु:खले घेरिएको
असंख्य ऋणमा फसे जस्तै॥
म र मेरो एकान्त ।
हामी त दुई घनिष्ट मित्र
ऊ मेरो पीडा बुझ्छ, म उसको अस्तित्व
म उसको महत्व बुझ्छु, ऊ मेरो बाध्यता ।।
आँसु खस्दा मेरा आँखाबाट साथमा मेरो ऊ नै त हुन्छ ।
चोट लाग्दा मुटु भित्र सम्हाल्न मलाई उसैको त हात बढ्छ
अब कसरी शत्रुको दर्जा दिनु उसलाई?
जब कोही नहुँदा एकान्त नै मेरो आफ्नो हुन्छ॥