लाग्छ एकै क्षणमा उजाड भै जाला कि
ती सपना जुन बुन्न वर्षौ लागे ।।
तिमी आँखा बन्द गरेर देख्छौ
तर मेरा त सँधै खुल्ला हुन्थेँ॥
बालुवा हातका रेखाबाट चिप्लिएझैँ
ति बुनेका सपना आँखाबाट चिप्लिदाको पीडा
सायद सबैले भोगेका होलान्॥
तिम्रा दुःख तिम्रो लागि हिमाल स्वरूप
र मेरा चट्टान
खै कसरी तुलना गर्ने ति बीच?
तर पहाड त दुवै हुन्
फरक छ त मात्र दृष्टिकोणको॥
तिमी भन्छौ तिम्रा सपना ठूला
त्यो टुक्रियो भने तिम्रो संसार टुक्रिनेछ
म सोच्छु मेरा कल्पना साना
तर पनि त्यसमा सारा संसार समाएकोछ॥
लाग्छ एकै क्षणमै बगिजाला कि
ति भावना जस्को सहारा लिई बाँचिरहेछु
तिम्रोलागि त सायद केही मूल्य छैन त्यस्को
तर मेरोलागि ती अमूल्य छन्॥