गुनासो

म बांची रहेछु आफूले अफुलाई सम्हाली
सम्झाउछु मनलाई कहिलेकाहीँ;
माया गर्छौ तिमीले भनेर
चित्त बुझाउछु अनि
ती सम्झनाहरूलाई लिएर
सोच्छु, यो संसार त यस्तै हो तर तिमीले त बुझ्छौ मलाई ॥

पानाहरू कम भै सके
र कलम त कति सकिए
तर अझै थहा छैन म के लेख्न खोजीरहेछु?
सायद मेरा भावना हुन् जो म भित्रै गुम्सिसके
या सायद गुनासो;
जो पोखिन खोज्छ तर असमर्थ छ ॥

Leave a comment